समाचार
उद्देश्य
- (क) नेपालमा पशुपंक्षी औषधी व्यापारको सुरक्षा एवम् विकास गर्ने ।
- (ख) पशुपंक्षी औषधी विक्रेताहरुवीच परस्पर हित हुने सबै विषयहरुमा एकता र मैत्री भावनालाई वृद्धि गर्ने ।
- (ग) नेपालको पशुपंक्षी औषधी व्यापार सम्वन्धी ऐन कानून तथा नियमावली सम्वन्धमा नेपाल सरकारलाई आवस्यक सर सल्लाह र सुझाव पेश गर्ने ।
- (घ) नेपाल सरकार र व्यवसायीहरुवीच पारस्परिक सहयोग आवस्यक छ र सहयोग लिन र दिन नेपाल सरकारसंग सम्पर्क स्थापित गर्ने ।
- (ङ) क्रय विक्रय आयात तिर्यात इत्यदिको अध्ययन गरि पशुपंक्षी ओषधी व्यापारमा सन्तुलन राख्न र पशुपंक्षी औषधी विक्री वितरण सम्वन्धी नियमहरु कायम गर्न विक्रेताहरुमा एकरुपता ल्याउने ।
- (च) पशुपंक्षी औषधी व्यापार तथा उद्योग सम्वन्धी तथ्यांक र अन्य खवरहरु संकलन गरी प्रचार पसार गर्ने र संघको गतिविधी बारे प्रकाश पार्न नियमित वुलेटिन प्रकाशान गर्न ।
- (छ) पशुपंक्षी औषधी व्यापरमा उचित सिद्धान्तहरुको स्थापना गर्ने गरी व्यापारको नियम तथा थिती रितीमा सामन्जस्यता ल्याउने ।
- (ज) संसारभरका पशुपंक्षी औषधी व्यापारी संस्थाहरु र अन्य संस्थाहरुसित सम्पर्क कायम गरी सहयोग गर्ने र संघको उद्देश्य पूर्तिको निम्ति खवरहरुको आदान प्रदान गर्ने ।
- (झ) समय–समयमा पशुपंक्षी औषधी व्यापार तथा सार्वजनिक रुपमा पशुपंक्षी र स्वास्थ्य तथा व्यवस्था सम्वन्धी प्रदर्शनी गर्ने गराउने वन्दोवस्त मिलाउने र यस सम्वन्धी प्रवचन र गोष्ठीहरु गराउने ।
- (ञ) संघको उपर्युक्त उद्देश्यहरु पूर्तिको निमित्त राज्यभरमा पशुपंक्षी औषधी विक्री वितरण व्यवसायमा लागेका सबै वर्गको हित र रक्षार्थ कुनैपनि समस्यालाई समाधान गर्न आवस्यक कदम उठाउने ।
- (ट) राज्य भित्र कुनैपनि अञ्चल वा जिल्लमा प्रचलित ऐन कानून वमोजिम आवस्यकता अनुुसार शाखाहरु खोल्ने ।