आर्थिक कारोवार

भेटेरिनरी क्षेत्रबाट वार्षिक कारोबार १० अरब हाराहारीमा पुगेको छ भने राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत भन्दा बढीको योगदान गरेको छ । अझ कृषि क्षेत्रलाई मात्र हेर्ने हो भने यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ८ प्रतिशत भन्दा बढी योगदान गर्न सफल भएको छ । यस व्यवसायले करिब करिव २ लाख जनालाई प्रत्यक्ष रोजगारी दिई धेरै व्यक्तिहरुलाई स्वरोजगार बनाएको छ । देश अन्डा र कुखुराको मासुमा आत्मनिर्भर भएको छ ।त्यसैगरी दुग्धजन्य पदार्थमा पनि देशको अधिकांश क्षेत्र आत्मनिर्भर भएको छ । भेटेरिनरी सेवा गाउँ गाउँ पुगेको अवस्था छ । प्रत्येक पालिकामा भेटेरिनरी जे. टि.ए.हरु सेवा दिन खटिईरहेका छन । हाल करिव १९ वटा स्वदेशी कम्पनीले भेटेरिनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन गरि बिक्री बितरण गर्दै आईरहेका छन भने करिव १३५ आयात कर्ता फर्महरुले औषधि भ्याक्सिन तथा फिड सप्लिमेन्टहरु आयात गरि बिक्री बितरण गर्दै आईरहेका छन । विभिन्न संघसंस्थाहरुसंग हातेमाले गदै यहाँसम्म आईपुग्दा राष्ट्रको लागी ठुलो योगदान दिन सक्ने अझ भन्दा पशुपंक्षी तथा मत्स्य पालन व्यवसायको मेरुदण्डको रुपमा यो व्यवसाय स्थापित भएको छ ।