समाचार
पृष्ठभुमी
प्रजातन्त्रको पुर्नस्थापना पछि सम्पूर्ण समाजिक, सांस्कृतिक र व्यवसायीक क्षेत्र पनि आन्दोलित र संगठित हुने क्रममा पशुपन्छी औषधि व्यवसायीहरु समेत सानो आकारमा संगठित भई हाम्रा अग्रजहरुले यस व्यवसायको दुरदर्शी भविस्यलाई सोच्दै वि.सं २०४७ साल पौष २४ गते यस संघको स्थापना गर्नु भयो । संस्थापक महासचिव मधुसुधन गुरागाँईका अनुसार शुरुमा सात सदस्यबाट बिजारोपण भएको यस संघ आजको दिन सम्म आईपुग्दा १९६४ सदस्य रुपी विशाल वृक्षमा परिणत भएको छ जसका हाँगा विगाका रुपमा ७ प्रदेश कार्य समिति र २१ जिल्ला शाखा रहेका छन् ।